असम्भवलाई सम्भव बनाउने चाणक्यका यी नीति | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

असम्भवलाई सम्भव बनाउने चाणक्यका यी नीति

काठमाडौं, १८ साउन । आचार्य चाणक्यलाई विश्वका उत्कृष्ट विद्वानहरूमा गनिन्छ। उहाँद्वारा निर्मित चाणक्य नीतिको सामाजिक जीवनमा विशेष महत्व छ । चाणक्य नीतिमा सफल जीवनका लागि विभिन्न गुणहरू विस्तारमा वर्णन गरिएको छ। यसका साथसाथै आचार्य चाणक्यले जीवनमा सफलता प्राप्त गर्नका लागि कुन–कुन कुरामा विशेष ध्यान दिनुपर्छ भन्ने पनि बताउनुभएको छ ।

चाणक्य नीतिबाट जान्नुहोस् सफलताको लागि सबैभन्दा उपयोगी कुरा

यद् दूर यद् दुराराध्याम यच दूर प्रणालीतम्।
तत्सर्वम् तपसा साध्यम् तपो हि दुर्तिक्रमम्।

कुनै वस्तु जतिसुकै टाढा भए पनि वा त्यसलाई फेला पार्न जतिसुकै कठिन किन नहोस्। वा त्यो व्यक्ति पहुँच बाहिर हुन सक्छ, तर कठोर तपस्या र कडा परिश्रमले पनि प्राप्त गर्न सकिन्छ । त्यसैले कडा परिश्रम सबैभन्दा शक्तिशाली वास्तु हो।

चाणक्य नीतिको यस श्लोकमा आचार्य चाणक्यले जीवनमा यस्ता धेरै परिस्थितिहरू छन्, जसलाई पार गर्न धेरै कठिनाइहरूको सामना गर्नुपर्ने बताउनुभएको छ। कहिलेकाहीँ सफलता हासिल गर्न असम्भव देखिन्छ। तर सफलता पाउनको लागि कडा परिश्रमलाई अमूल्य चिज मानिन्छ। लगनशीलताले लक्ष्य प्राप्तिको बाटो मात्र खोल्दैन, तर प्रगतिको नयाँ अवसर पनि दिन्छ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);