काठमाडौं,१६ साउन । कमल थापा नेतृत्वको राप्रपा नेपाल र संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाबीच आज एकीकरण हुने भएको छ ।
गत आइतबार राप्रपा नेपाल र मोर्चाबिच भएको सहमति अनुसार राष्ट्रिय सभागृहमा एकता हुन लागेको हो ।
आज राष्ट्रिय सभागृहमा आयोजना हुने दुई पार्टीबीच एकताको घोषणा दिउँसो २ बजेबाट औपचारिक कार्यक्रम सुरु हुनेछ । त्यसका लागि अन्तिम तयारी पुरा भएको राप्रपा नेपालले जनाएको छ ।
राप्रपा नेपालका अध्यक्ष कमल थापा र मोर्चाका अध्यक्ष तारानाथ लुइँटेलसहित दुवै पक्षका वार्ता टोलीसहितका नेताहरूको उपस्थितिमा एकता भएको घोषणा गर्न लागिएको हो ।