राप्रपा केन्द्रीय कार्यालय २१ दिन भित्र भत्काउने सहमति | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८१, सोमबार

राप्रपा केन्द्रीय कार्यालय २१ दिन भित्र भत्काउने सहमति

काठमाडौँ, १६ साउन । काठमाडौं महानगरले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यालय २१ दिनभित्र हटाउने भएको छ । काठमाडौँ महानगरपालिका, जिल्ला प्रहरी परिसर काठमाडौँ तथा राप्रपाका सचिवालय प्रमुख केदारबहादुर अधिकारी सहभागी भएको छलफलमा सो सहमति भएको हो ।

महानगरपालिकाले शुक्रबार मौखिक सूचना गरी तीन दिनभित्र पार्टी कार्यालय हटाउन अल्टिमेटम दिएपनि पार्टीले लिखित पत्र मागेको थियो । पूर्वसूचनाबिना एक्कासि कार्यालय खाली गर्ने महानगरको निर्णयपछि राप्रपाका नेता कार्यकर्ता निकै आक्रोसित भएका थिए । डोजर आउने थाहा पाएपछि कार्यकर्ताहरुले सोमबार बीच सडकमा गाडी तेर्साएर समेत बाटो अबरुद्ध पनि गरेका थिए ।

तीन दिनको समयसीमा बढाएर २१ दिन पर्खिने सहमति भएको हो । छलफलमा प्रमुख जिल्ला अधिकारी बस्नेत, जिल्ला प्रहरी परिसरका प्रमुख दानबहादुर कार्की, महानगर सुरक्षा बलको प्रमुख राजुनाथ पाण्डे तथा राप्रपाका भर्चुअल रूपमा पार्टीका सचिवालय प्रमुख अधिकारीको सहभागिता थियो । महानगरले नेपाल प्रहरीको थप सुरक्षा बल मागेपछि जिल्ला प्रशासन कार्यालयले दुवै पक्षलाई राखेर छलफल गराएको थियो ।

राप्रपाको केन्द्रीय कार्यालय रहेको भवनमाथि नेपाल विद्युत् प्रधिकरणको हाइटेन्सन लाइन रहेको छ । महानगरले मापदण्डविपरीत भवन बनेको भन्दै तत्काल हटाउन ३ दिनको समय दिएर संरचना भत्काउने मौखिक जानकारी दिएको थियो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);