आजदेखि प्लाष्टिकको पातलो झोला विक्रिवितरण गरे जफत | ईमाउण्टेन समाचार

Our Network

पुष ५ २०८१, शुक्रबार

आजदेखि प्लाष्टिकको पातलो झोला विक्रिवितरण गरे जफत

काठमाडौं, १४ साउन । काठमाडौं महानगरपालिकाले आजदेखि पातलो प्लाष्टिक झोल बोके जफत गर्ने भएको छ । महानगरले आजदेखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोलाको उत्पादन, आयात र बिक्रीवितरण गरे जफत गर्ने भएको हो ।

महानगरको वातावरण व्यवस्थापन विभागले महानगरका करिब ५० जना प्रहरी निरीक्षकलाई तालिम दिएको स्रोतले जनाएको छ । तालिमप्राप्त प्रहरीले माइक्रोन मापन मेसिनसहित अनुगमन गर्नेछ ।

महानगरले गत साउन १ गतेदेखि ४० माइक्रोन भन्दा पातलो माइक्रोनको प्लास्टिकको झोला, प्लास्टिकको पुष्पगुच्छा र माला प्रतिबन्ध लगाइसकेको छ । सो प्रतिबन्ध प्रभावकारी कार्यान्वयन नभएपछि आइतबारबाट नगर प्रहरी परिचालन गरी ती सामग्री जफत गर्न लागेको हो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);