एजेन्सी । अफ्रिकी मुलुक नाइजरमा नाटकीय ‘कू’ पछि सैनिक जनरल अब्दुरहमाने चिआनीले आफूलाई मुलुकको नयाँ नेता घोषणा गर्दै सत्ता हातमा लिनु भएको छ ।
ओमार चिआनी भनेर पनि चिनिने जनरल चिआनीले बुधबार आफ्नो नेतृत्वमा रहेको राष्ट्रपतिको गार्ड यूनिटलाई प्रयोग गरेर राष्ट्रपतिलाई नै नियन्त्रणमा लिँदै कू गरेपछि पहिलो पटक आफुलाई मुलुकको नयाँनेता घोषणा गरेर सत्ता हातमा लिएको अन्तराष्ट्रिय संचार माध्यमहरले जनाएका छन् ।
सत्ताच्यूत गरिएका राष्ट्रपति मोहमद बाजुम हाल आफ्नै गार्डहरूको नियन्त्रणमा रहेको र स्वास्थ्य अवस्था ठिक रहेको जानकारी दिइएको छ । सन् १९६० मा फ्रन्सबाट स्वतन्त्र भएपछि पहिलो निर्वाचित राष्ट्रपति मोहमद बाजुमलाई सेनाले पलबाट हटाएको हो ।
बाजुम सो क्षेत्रमा इस्लामी चरमपन्थीविरुद्धको लडाईंमा पश्चिमा राष्ट्रहरुको प्रमुख साझेदार हुनुहुन्छ । फ्रान्सले कू गरेका नेताहरूलाई नचिन्ने र बाजुमलाई नै देशको प्रमुखका रूपमा चिन्ने स्पष्ट पारेको छ । अफ्रिकी युनियन, दक्षिण अफ्रिका रिजनल ब्लक, यूरोपिनय युनियन र राष्ट्र संघले पनि कूको निन्दा गरेका छन् ।
रुसको निजि सैन्य समूह वाग्नरले भने कू को प्रशंसा गर्दै यसलाई जीतको रूपमा व्याख्या गरेको छ । टेलिग्राम च्यानलमा वाग्नर प्रमुख येभगेनी प्रिगोजिनले जारी गरेको सन्देशमा यसलाई साम्राज्यवादीहरुविरुद्ध नाइजर े जनताको संघर्ष भनिएको छ ।