टिका खतिवडा, १५ बैशाख,ईलाम । मन्त्रालयको आदेश पालना गर्दै कर्मचारीले कार्यालय परिसर सरसफाई गर्न थालेका छन् । बागमती सरसफाइको २ सय हप्ता पुुगेको अवसरमा सरकारले देशका सवै ठाउँमा सरसफाइलाई प्राथमिकताका साथ अगाडी वढाउने निर्णय बमोजिम नै कर्मचारी सरसफाइमा लागेका हुुन् । जिल्ला समन्वय समिति इलामका कर्मचारी समेत यस अभियानलाई सफल बनाउन लागि परेका छन् । नदिनाला, मन्दिर, कार्यालय तथा सार्वजनिक स्थान सफाइ गर्न मन्त्रालयले सवै कार्यालयहरुलाई पत्र पठाएको र आफुहरु सोहि बमोजिम अगाडी वढेको जिल्ला समन्वय समिति इलामका संयोजक (एलडिओ) ध्रुुवबहादुुर खड्काले जानकारी दिए ।
प्रत्येक महिनाको पहिलो शुुक्रबार घटिमा पनि एक घण्टा सरसफाइमा लाग्नुुपर्ने निर्णय भएको छ । निर्णय यहि शुुक्रबारबाट लागुु भएको छ । जिल्ला समन्वय समिति इलाममा समेत यस अभियानको शुुक्रबारबाट नै औपचारिक रुपमा सुरु भएको संयोजक खड्काले जानकारी दिए । कार्यालयका कर्मचारीसँगै नजिकका स्थानिय समेत अभियानमा सरिक भएका थिए ।