काठमाडौं । १९औं एसियाली खेलकुदका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ क्यानले आज १५ सदस्यीय टोली घोषणा गरेको हो ।
विनोद भण्डारी, अभिनाश बोहोरा र विवेककुमार यादवलाई टिममा समावेश भएका छन् भने ज्ञानेन्द्र मल्ल, अर्जुन साउद, भीम सार्की, देव खनाल, पवन सर्राफ, किशोर महतो, श्याम ढकाल, आरिफ शेख र सूर्य तामाङ भने एसियाली खेलकुदको टिममा परेका छैनन ।
टोलीमा रोहितकुमार पौडेल,(कप्तान) कुशल भूर्तेल, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुल्सन झा, करण केसी, अभिनास बोहोरा, सन्दीप लामिछाने, ललित नारायण राजवंशी, आसिफ शेख, विवेक कुमार यादव, प्रतिस जिसी, सोमपाल कामी, सन्दीप जोरा र विनोद भण्डारी रहेका छन् ।
१९औं एसियाली खेलकुद चीनको ह्वाङ्झाओमा आगामी असोज ६ देखि २१ सम्म हुनेछ ।