ऋण नतिरेपछि साहूले श्रीमानकै अगाडि गरे श्रीमतीको बलात्कार,भिडियो भाइरल, साहु पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८२, मंगलबार

ऋण नतिरेपछि साहूले श्रीमानकै अगाडि गरे श्रीमतीको बलात्कार,भिडियो भाइरल, साहु पक्राउ

rape

एजेन्सी,११ साउन । महाराष्ट्रको पुणेबाट मानवतालाई लज्जित पार्ने एउटा घटना बाहिर आएको छ । पुणेमा ऋण तिर्न नसकेपछि एक महिलालाई साहुले बलात्कृत गरेको आरोप छ । यसको भिडियो पनि सामाजिक सञ्जालमा भाइरल भएको भारतीय समाचार माध्यमहरुले जनाएका छन् ।

एक ४७ वर्षीय साहुले पुणे सहरमा एक महिलालाई उनका श्रीमानले ऋण लिएका कारण उसले तिर्न नसकेपछि बलात्कार गरेको प्रहरीले जनाएको छ। घटना गत फागुनमा भएको र घटनामा संलग्नलाई पक्राउ गरिएको हडपसरका प्रहरी अधिकृतले बताए । प्रहरीका अनुसार पीडितका श्रीमानले ऋण लिएका थिए तर तिर्न सकेनन् ।

आरोपितले पीडितको श्रीमानलाई चक्कु प्रहार गरी धम्की दिए र त्यसपछि उनको उपस्थितिमा बलात्कार गरे, अधिकारीले भने। आरोपितले यो जघन्य कार्य मोबाइलमा रेकर्ड गरी भिडियो क्लिप सामाजिक सञ्जालमा भाइरल बनाएको उनले बताए ।

अभियुक्तलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको अधिकारीले बताए । भारतीय दण्ड संहिता र सूचना प्रविधि ऐनका सान्दर्भिक प्रावधानहरू अन्तर्गत अभियुक्तहरू विरुद्ध मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);