राज्यको अंग कमजोर भएकै कारण विमानस्थलबाट सुन उम्कियोः राजेन्द्रप्रसाद पाण्डे | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८१, आइतबार

राज्यको अंग कमजोर भएकै कारण विमानस्थलबाट सुन उम्कियोः राजेन्द्रप्रसाद पाण्डे

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) कार्यवाहक अध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले राज्यको अंग कमजोर भएकै कारण सुन तस्कर भएको बताउनुभएको छ ।

बुधवार आयोजित पत्रकार सम्मलेनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले एउटा अंग कमजोर हुँदा अर्को सरकारको अंगले पक्राउ गर्नु राम्रो पक्ष भएको बताउनु भयो । उहाँले सरकारका सबैखाले अंगहरु चुस्त र दुरुस्त हुनुपर्ने बताउनु भयो । उहाँले सेटिङ बिग्रिएर सुन समातियो भन्ने बाहिरि आशंका रहेको भन्दै कुनैपनि भ्रष्टाचारजन्य र तस्करीजन्य गतिविधिमा पूर्ण रुपमा नियन्त्रण गर्नेगरी राज्य उभिनुपर्ने बताउनु भयो । उहाँले राज्यले भ्रष्टाचारजन्य गतिविधिहरु नियन्त्रणका लागि राम्रोसँग काम गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘सुन काण्डको सवालमा हेर्ने हो भने सरकारको एउटा अंग कमजोर भएको देखियो । अर्को अंगले त्यसलाई तत्काल कारबाही गर्न सफल भयो । हाम्रो भनाइ के हो भने सरकारका यस्ता खालका गतिविधिमा अध्ययन, अनुसन्धान गर्ने, नियन्त्रण गर्ने सबै अंगहरु चुस्त, दुरुस्त हुनुपर्छ । कता शंका पनि छ, सेटिङ बिग्रिएर समातियो भन्ने, भित्रैबाट सेटिङ मिलेर बाहिर आयो, अर्कोथरीले त्यो अनुसारको सहमति नभएका कारण नमिलेका कारण समातिएको भन्ने छ । तर हामी के चाहन्छौँ भने यस्ता कुनैपनि भ्रष्टाचारजन्य र तस्करीजन्य गतिविधिमा पूर्ण रुपमा नियन्त्रण गर्नेगरी राज्य उभिनुपर्छ । राज्यले आफ्नो भुमिका निभाउनु पर्छ ।’

नेकपा (एकीकृत समाजवादी) ले सुन तस्करी प्रकरणमा गृहमन्त्री वा अन्य मन्त्रीहरुको राजीनामा मागेर अनुसन्धान बिथोल्ने काम भए त्यसको बिरोधमा पार्टी रहने स्पष्ट पारेको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);