दार्चुला । मार्मा गा.पा २ घट्टेगाडमा निर्माण सम्पन्न भएको ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत आयोजनाको एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ।
सोमबार प्रमुख जिल्ला अधिकारी किरण जोशी र मार्मा गा.पा अध्यक्ष जमन सिंह धामीले संयुक्त रुपमा अपर चमेलिया जलविद्युत् आयोजनाको उद्घाटन गरेका हुन् ।
आयोजनाको उदघाटन कार्यक्रममा मार्मा गाउँपालिकाका सम्पुर्ण जनप्रतिनिधि विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू र उल्लेख्य रूपमा स्थानियहरु को उपस्थिति रहेको थियो।
करिब आठ अर्ब रुपैयाँ को लगानीमा अपि पावर कम्पनी ले अपर चमेलिया जलविद्युत आयोजना को निर्माण कार्य ३० महिनामै सम्पन्न गरेको हो । उत्पादित उत्त विद्युत बलांच स्थित सब स्टेशनबाट राष्ट्रिय प्रशारण लाईनमा जोडिने भएको छ।




