स्विजरल्याण्डमा आधी,सर्वसाधारणलाई बाहिर ननिस्कन आग्रह | ईमाउण्टेन समाचार

Our Network

फागुन १९ २०८१, सोमबार

स्विजरल्याण्डमा आधी,सर्वसाधारणलाई बाहिर ननिस्कन आग्रह

एजेन्सी,९ साउन । स्विट्जरल्याण्डमा आँधीले ठूलो क्षति पु¥याएको छ । जसका कारण उत्तरपश्चिमी स्विजरल्याण्डको एउटा सहरमा ठूलो क्षति पुगेको छ ।

आँधीका कारण एक जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन् । आँधीले सबैभन्दा धेरै उत्तरपश्चिमी स्वीट्जरल्याण्डको न्युचेटेलको ला चाक्स–डे–फन्ड्स शहरलाई सबैभन्दा बढी प्रभावित गरेको छ।

आँधीका कारण रेल स्टेसन नजिकै क्रेन खस्दा एक जनाको मृत्यु भएको र कैयौं घाइते भएको न्युचाटेल प्रहरीले जनाएको छ । आँधी धेरै चाँडै कम भएपनि हावाहुरीका कारण धेरै ठाउँमा ठूलो क्षति भएको छ । हावाहुरीका कारण सवारीसाधनमा व्यापक क्षति पुगेको छ भने कयौं ठाउँमा भवनमा क्षति पुगेको छ भने फर्निचरहरु उडेर नष्ट भएका छन् ।

उत्तरपश्चिमी स्विट्जरल्याण्डमा “सम्भावित आँधी“ ले पहाडको एउटा सहरमा ठूलो क्षति पु¥याएपछि एक जनाको मृत्यु भएको हो र धेरै घाइते भएका छन् ।

उद्धार र सरसफाई कार्य तिव्र गतिमा भइरहेको प्रहरीले जनाएको छ । यद्यपि, स्विस राष्ट्रिय मौसम सेवाले थप आँधी आउन सक्ने चेतावनी दिएको छ । विभागले सर्वसाधारणलाई बाहिर ननिस्कन आग्रह गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);