सुन प्रकरणबारे छलफल गर्न संसदीय दलको बैठक बोलाउन कांग्रेस सांसद शर्माको माग | ईमाउण्टेन समाचार

Our Network

फागुन १३ २०८२, बिहीबार

सुन प्रकरणबारे छलफल गर्न संसदीय दलको बैठक बोलाउन कांग्रेस सांसद शर्माको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा.सुनील शर्माले साउन १० गते अगावै संसदीय दलको बैठक बोलाउन माग गरेका छन् ।

सोमबार नेपाली कांग्रेस संसदीय दललाई पत्र लेख्दै सुन प्रकरणमा अर्थमन्त्री प्रकाशसरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठ माथि प्रश्न उठेको विषयमा छलफल हुनुपर्ने भन्दै डा. शर्माले यस्तो माग गरेका हुन् ।

उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत भन्सार विभाग र सुरक्षा निकायका उच्च पदस्थ कर्मचारीहरुको मिलोमतोमा ठुलो परिणामको सुन बाहिरिने क्रममा पक्राउ परेको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

‘सो घटना अर्थ मन्त्रालय र गृहमन्त्रालय मातहतका कर्मचारीहरुको प्रत्यक्ष संलग्नता भएको हुँदा यस विषयमा माननीय अर्थमन्त्री र गृहमन्त्रीको भुमिका प्रति व्यापक रुपमा जनस्तरमा शंंका उत्पन्न भएको हुँदा यस विषयमा हाम्रो संसदीय दलमा गम्भीरतापूर्वक छलफल वाञ्छनीय देखिएको छ,’ पत्रमा उल्लेख गरिएको छ ।

Leave a Reply