काठमाडौँ, ७ साउन । चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरीय नेताको टोली नेपाल आइपुगेको छ । चिनका उच्चस्तरीय नेताको टोली एकपछि अर्को गर्दै नेपाल भ्रमण आउने क्रम जारी छ ।
एक साताअघि चिनियाँ विदेश विभाग प्रमुख लिउ जियनचाउले काठमाडौंमा ‘सिल्क रोडस्टर’ स्थापना गरेर फर्केका थिए । त्यसको हप्ता दिन नबित्दै अर्को उच्चस्तरीय टोली नेपाल आएको हो ।
नेकपा कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको स्मृति दिवस मनाउन चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटव्युरो सदस्य युयान च्याच्युन नेपाल आएका हुन् । श्रीलंका भ्रमण सकेर उनी काठमाडौं आएका हुन् । च्या २५ सदस्यीय टोलीले महत्वपूर्ण राजनीतिक भेटवार्ता गर्नेछ ।




