काठमाडौं, ७ साउन । महोत्तरीको प्रहरी नायब उपरीक्षक (डिएसपी)माथि आक्रमण भएको छ । प्रहरी नायब उपरीक्षक चन्द्रेश्वर यादवमाथि आक्रमण भएको हो । छानबिनका लागि समिति समेत गठन भएको हो ।
बिहीबार राति १० बजे महोत्तरीको जलेश्वर नगरपालिका–२ बसपार्क नजिक विद्यापति नगरमा उनीमाथि आक्रमण भएको महोत्तरी प्रहरीले जनाएको छ ।
आक्रमणपछि यादवको दायाँ खुट्टा फ्याक्चर भएको बुझिएको छ । डिएसपीले घटनास्थलमा बचाउ–बचाउ भन्दै गुहार मागेको बताइएको छ ।
उनको अहिले काठमाडौंको प्रहरी अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे एसपी महेन्द्रकुमार श्रेष्डको नेतृत्वमा ३ सदस्यीय समिति गठन गरेको छ ।