सरकारले नेपाली जनताको आकांक्षालाई सम्बोधन हुनेगरी काम गरिरहेको छः उपप्रधानमन्त्री खड्का | ईमाउण्टेन समाचार

Our Network

मंसिर १३ २०८१, बिहीबार

सरकारले नेपाली जनताको आकांक्षालाई सम्बोधन हुनेगरी काम गरिरहेको छः उपप्रधानमन्त्री खड्का

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले लोभ र डरमुक्त भई नेपाली जनताको आकांक्षालाई सम्बोधन हुने गरी सरकारले काम गरिरहेको बताउनु भएको छ ।

शनिबार काठमाडौंको सुन्दरीजलस्थित विपी संग्राहलयमा आयोजित ‘विपी कोइराला राष्ट्रिय पुरस्कार २०७९’ समर्पण समारोहलाई सम्बोधन गर्दै उहाँले वर्तमान सरकारले विपी कोइरालाबाट प्रेरित भएर कुनै पनि खालका लोभ र डरभुक्त भई नेपाली जनताको आकांक्षालाई सम्बोधन गर्ने काममा लागि परेको बताउनु भएको हो । उपप्रधानमन्त्री खड्काले विपीले २०१५ सालमा जननिर्वाचित पहिलो प्रधानमन्त्रीको रुपमा नेपाली जनताको पक्षमा गर्नु भएको क्रान्तिकारी निर्णयहरुबाट वर्तमान सरकार प्रेरित रहेको समेत बताउनु भयो । नेपाली माटो र भूमिप्रतिको समर्पणको भावनाबाट समर्पित भएर मुलुकको राजनीति डोहोरिनु पर्छ भन्ने विपीले आफ्नो अन्तिम जीवनकालमा दिएर जानु भएको राष्ट्र र जनताप्रतिको समर्पणको नासोलाई आत्मासात गर्दै नेपाली जनताको आकांक्षालाई सम्बोधन गर्न आफूहरु इमान्दारिताका लागि परेको उहाले दावी समेत गर्नु भयो ।

उपप्रधानमन्त्री खड्काले मुलुकलाई आर्थिक रुपमा सम्पन्न बनाउने कुरामा पनि सरकार लागि परेको बताउनु भयो । कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री सुदन किरातीले विपीका विचारलाई आत्मासात गरेर अघि बढन नसक्दा मुलुक पछि परेको हो कि भन्न आफूलाई लाग्ने गरेको बताउनु भयो । उहाँले विपीको नेपाली माटोप्रतिको आस्था र विश्वास नेपाल राष्ट्र र नेपाली जनताले सदा स्मरण गरिरहने समेत बताउनु भयो । मन्त्री किरातीले भन्नु भयो, उहाँले नेपाली माटो अनुसारको विचारको आविष्कार गर्नु भयो । आज हामीले त्यो मूल्यको आत्मासात गर्न सकेका छौ कि छैनौं ? नेपाली माटोमा आधारित राजनीतिक विचारहरुको हामीले निर्माण गर्न नसक्दा कतै हामीले दुख पाएका छौ कि भनेर पनि म विपीलाई सम्झने गर्दछु ।’

कार्यक्रममा उपप्रधानमन्त्री खड्काले सो संग्राहलय परिसरमा रहेका विपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको शालिकमा माल्यार्पण गर्नुका सार्थ वृक्षारोपण पनि गर्नु भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);