अग्र्यानिक आँप बेचेर मनग्य आम्दानी गर्ने बाँकेका किसान जोडी (भिडियोरिपोर्ट) | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

अग्र्यानिक आँप बेचेर मनग्य आम्दानी गर्ने बाँकेका किसान जोडी (भिडियोरिपोर्ट)

काठमाडौं । नेपालका धेरै किसानलाई आफूले उत्पादन गरेका बस्तुहरुले सजिलै बजार नपाउलान कि भन्ने चिन्ताले सँधै सताउने गर्दछ । तर बाँकेका आँप उत्पादक किसान गोपाल थारु दम्पत्ति भने यो समस्याबाट मुक्त छन् । अग्र्यानिक आँप खेती गरेर रमाइरहेको यो जोडीले आफ्नो बँगैचामा फलाएका आँप काठमाडौंदेखि पोखरासम्म पु¥याउने गरेको छ ।

बाके जिल्ला बैजनाथ गाउपालिका टिटिहिरियाका किसान गोपाल थारुले सिजनमा आप बेचेर मनग्य आम्दानी गर्ने गर्छन। उनलाई आफ्नो खेतबारीमा मेहनत गर्दा सबै भन्दा बढि आनन्द मिल्छ। प्रायजसो खाली खुटृा हिड्ने उनले बाहिरिया जुत्ता चप्पल प्रयोग गर्दैनन्। लगाउनै परे आफैले बनाएको काठको चप्पल लगाउछन्। किसान गोपाल थारुको बगैचामा, दसेरी, माल्दा, आम्रापली लगायत विभिन्न जातका आप छन। लटरम्म फलेका आफ देखेर याँहा पुग्ने जो कोहिको मन लोभिन्छ।

किसान गोपाल थारुले अर्गानिक आप बेच्ने गरेका छन्। उनले फुल झर्नबाट रोक्ने औषधी पयोग गर्छन। त्यसबाहेक अरु विषदीको प्रयोग गर्दैनन। त्यसैले आप बेचिदैनकि भन्ने डर उनमा हुदैन। उनको घरमै पुगेर आप किन्ने उपोभोक्ताहरुको सख्या ठूलो छ। उनले नीजि पहुँचमा पोखरा देखि काठमाण्डौ सम्म आप पठाउने गरेका छन्।

उसोत स्थानीय, प्रदेश र केन्द्र सरकारले किसानहरुलाई मेसिनरी औजार देखि,सीम मुलुक तालिम, बीउ बीजन र अनुदान दिन्छ भन्ने कुरा किसान गोपाल थारुलाई थाहा नभएको होइन। तर उनले खोजेको बेलामा सुनेजस्तो सहयोग कसैबाट पाएका छैनन। बरु उन्नत जातका आपका बोट किन्दा ठगिएका छन।

आपको बगैचामा दिनभरी किसान गोपाल थारुकी श्रीमति दुजानी थारुले हेरचाह गर्नु पर्छ। आप चोर्ने स्थानीय देखि जंगली जनावरबाट आफ्नो आपको बगैचा संरक्षण गर्न र पाकेर झरेको आप टिप्दा टिप्दै किसान दुजानीले थारुले दिन वितेको पत्तै पाउदिनन्। थाकेको वेला बस्नका लागि बारीमा सानो पाल टागिएको छ। त्यहि पालमा रात विताउछन्, किसान गोपाल थारु।

किसान दुजानी थारु र गोपल थारु मिलेर कडाँ मेहनत गर्छन। अनि सिजनमा मनग्य आम्दानी गर्छन। त्यहि आम्दानीबाट उनीहरुले आफ्ना छोराछोरीलाई राम्रो शिक्षा दिएका छन। पक्की घर बनाएका छन। आफ्नो बृद्धा अवस्थाका लागि पैसा जमा गरिरहेका छन। आजीवन खेती किसानी गरेको यो जोडिले कृर्षि पेशाबाट राम्रोसँग जीवन निर्वाह गर्न सकिन्छ भन्ने उदाहरण पनि दिएका छन। त्यसैले यी र यस्ता किसानहरुको कामलाई हौसला दिन र कृर्षिलाई गुजारामुखी होइन, व्यवसायीकरण गर्न स्थानीय सरकारले काम गर्न जरुरी छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);