चर्को विरोधपछि बन्द भयो ‘ह्वाट द फ्लप’ को उत्पादन | ईमाउण्टेन समाचार

Our Network

माघ १३ २०८१, आइतबार

चर्को विरोधपछि बन्द भयो ‘ह्वाट द फ्लप’ को उत्पादन

काठमाडौं । चर्को विरोध भएपछि कान्तिपुर टेलिभिजनबाट प्रसारण हुँदै आएको ‘ह्वाट द फ्लप’ बन्द भएको छ ।

कलाकार सन्दीप क्षेत्रीले चलाउँदै आएको उक्त कार्यक्रमको उत्पादन र प्रसारण रोकेको कान्तिपुर टेलिभिजनले जनाएको छ ।

यो कार्यक्रममा अभिनेता पल शाहलाई अतिथि बनाएपछि विवादमा परेको थियो । कान्तिपुरले यस अघि नै पलसँगको अन्तर्वार्ता हटाइसकेको छ ।

‘महिलाको स्वाभिमान र सामाजको चेतनालाई सम्मान गर्दै ‘ह्वाट द फ्लप’ कार्यक्रमको उत्पादन र प्रसारणसमेत पूर्णतः रोकिएको जानकारी गराउँछौं । चाँडै नै उत्कृष्ट कार्यक्रम लिएर आउने विश्वास दिलाउँछौं,’ कान्तिपुरले भनेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);