सुन प्रकरणमा छानबिन गर्न समिति गठन | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २४ २०८१, शनिबार

सुन प्रकरणमा छानबिन गर्न समिति गठन

काठमाडौं, ४ साउन । विमानस्थलबाट जाँचपास भएर झण्डै सिनामंगल पुगेको ट्याक्सीबाट सुन बरामद गरेपछि छानबिनका लागि समिति गठन भएको छ ।

भन्सार विभागले अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा छानबिन समिति गठन गरेको हो । समितिले विमानस्थलको भन्सार जाँचपासमा क–कसको सम्लग्नता रहेको बारे पत्ता लगाउनेछ ।

विभागले जाँचपासमा सम्लग्न कर्मचारीहरुलाई निलम्बन गर्ने तयारी समेत गरिसकेको छ ।

राजश्व अनुसन्धान विभागले भन्सार जाँचपास भएर निस्केको ८० देखि १०० किलो अनुमानित सुन मंगलबार बरामद गरेको थियो ।

सुनको तौलको एकिन विवरण भने आज सार्वजनिक हुँदैछ । तौल लिनका लागि राष्ट्र बैंकमा पठाइएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);