काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १०० किलो सुन बरामद भएको छ ।
राजश्व अनुसन्धान विभागको टोलीले उक्त परिणाममा सुन बरामद गरेको हो । सुन चीनबाट ल्याइएको मोटरसाइको ब्रेकप्याडमा १६० सेटमा लुकाइएको अवस्थामा भेटिएको राजस्व अनुसन्धान विभागले जनाएको छ । यस प्रकरणमा शंकास्पद केही व्यक्तिलाई नियन्त्रणमा लिइएको जनाइएको छ ।
भन्सार छलेर तस्करी भएको सूचनाको आधारमा राजश्व अनुसन्धान विभागले आकस्मिक छापा मारेको थियो ।