डेंगुबाट बच्न अपनाउनुहोस यी उपाय | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८१, आइतबार

डेंगुबाट बच्न अपनाउनुहोस यी उपाय

काठमाडौं । नेपालमा डेंगु देखापरेको १९ वर्षपछि सरकारले बल्लबल्ल स्पष्ट वार्षिक कार्ययोजना बनाइ लागू गरेको छ । सरकारले अहिलेसम्म डेंगु नियन्त्रण कार्यक्रम गर्दै आएपनि स्पष्ट वार्षिक कार्ययोजना बनाइ लागू गरेको यो पहिलो पटक हो । यसअघि सरकारले डेंगु रोकथामका लागि वार्षिक कार्यक्रम गर्दै आएपनि यस पटक स्पष्ट वार्षिक कार्ययोजना बनाइ ७७ वटै जिल्लामा कार्यान्वयनका लागि पठाएको छ ।

सरकारले बनाएको कार्ययोजनामा भेक्टर नियन्त्रण, लामखुट्टेको वृत्तिविकास रोक्ने उपाय, उपचार पद्धति, स्थानीय तह, रेडक्रस लगायतका स्वास्थ्यसँग सम्बन्धित संस्थाहरुको भुमिका बारेमा स्पष्ट पारिएको छ । बढी जोखिम भएका ९२ वटा स्थानीय तहमा एक्शन प्लानसहित विशेष सर्कुलर जारी गरिएको छ । डेंगुको संक्रमण बढी भएका काठमाडौं, ललितपुर,भक्तपुर, चितवन र मकवानपुरमा वार्षिक कार्ययोजना लागू गरिएको छ । नेपालमा सन् २००४ मा पहिलो पटक डेंगु देखिएयता १९ वर्षमा ८३ हजार ६८१ जनामा संक्रमण भइसकेको तथ्यांक छ ।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले डेंगु रोकथाममा केन्द्र सरकारले नेतृत्वदायी भुमिका खेल्नुपर्ने भन्नुहुन्छ । डेंगु नियन्त्रणका लागि स्थानीय सरकारले लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गर्नुपर्ने, आम नागरिकले पनि लामखुट्टे बस्ने, फुल पार्ने लगायतका पानी जम्न नदिन गम्भीर हुनु पर्ने डा पुनको सुझाव छ ।

केही समय यता डेंगु संक्रमणले प्रकोपको रुप लिइरहेको भन्दै डा. पुनले आगामी वर्ष डेंगुको जोखिम झनै बढ्नसक्ने सचेत गराउनु हुन्छ ।

सरकारी तथ्यांक अनुसार डेंगु संक्रमणबाट ८८ जनाको मृत्यु भइसकेको छ । डेंगुका कारण २०७९ भन्दा अघिको तथ्यांक सरकारसँग छैन । सन् २०२३ को जुलाइ १५ सम्म २ हजार ९ सय ३० जनामा डेंगु संक्रमण देखिएको छ डेंगु रोकथाममा तीन तहकै सरकारबीच आवश्यक समन्वय हुनुपर्ने देखिन्छ । सरकारले ल्याएको वार्षिक कार्ययोजनामा सबै सरोकारवालाको भुमिका स्पष्ट पारिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);