बुद्ध नेपालमा जन्मिएको सन्देश दिँदै रेकर्ड राखिने | ईमाउण्टेन समाचार

Our Network

असोज १ २०८१, मंगलबार

बुद्ध नेपालमा जन्मिएको सन्देश दिँदै रेकर्ड राखिने

buddha

काठमाडौं,२८ पुष । गौतम बुद्ध नेपालमै जन्मिएको सन्देश दिँदै ७५ हजार मानिसले एकै स्वरमा बुद्धको वचन वाचन गरेर विश्व रेकर्ड राखिने भएको छ। गिनिज बुक अफ वल्र्ड रेकडर्ससँग अनुमति लिएर माघ २७ गते राजधानीको टुंडिखेलबाट सामूहिक सन्देश दिँदै रेकर्ड राख्न लागिएको हो।

बुद्ध भारतमा जन्मिएको भन्दै सन् २०१४ फेब्रुअरी २ मा ४६ हजार ६ सय ६० जनाले एकै स्वरमा बुद्धको सन्देश वाचन गरेर गिनिज बुकमा रेकर्ड राखिसकेका छन्। बुद्ध जन्मिएको देश नेपाल भएकाले विश्वलाई सन्देश दिन रेकर्ड राख्ने लक्ष्यले विश्व कीर्तिमानी परिषद् नेपालले कार्यक्रम गर्न लागेको हो।

बुद्धको धर्मपथलाई एकै स्वरमा वाचन गरी ७५ हजार मानिसको प्रत्यक्ष उपस्थितिमा काठमाडौंको टुँडिखेलमा विशेष व्यवस्थासहित कार्यक्रम आयोजना गरिने परिषदकी उपाध्यक्ष प्रतिष्ठा अमात्यले बताइन्। यो कामका लागि गिनिज बुकसँग सहमति लिइसकेको उनले जनाइन्। मापदण्ड पूरा गर्ने गरी कार्यक्रम सफल बनाउने लक्ष्यसहित बुद्धको तीन वचन सूर्य, चन्द्र र सत्यलाई वाचन गर्ने कार्यक्रम रहेको उनले बताइन्।

सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले औपचारिक प्रवेश पासको शुभारम्भसमेत गरेका छन्। युनेस्कोले बुद्ध नेपालमै जन्मिएको भनेर लुम्बिनी क्षेत्रलाई विश्वसम्पदा सूचीमा राखेको छ। सहभागीलाई गिनिज बुकका प्रतिनिधिको उपस्थितिमा क्यूआर कोड दिएर प्रवेश गराउने र सिट नम्बरसहित गन्ती गरेर तथ्य राख्ने व्यवस्था गरिएको छ। सरकार र गैरसरकारी निकायको समेत उपस्थितिमा बिहान ११ बजेदेखि दिउँसोसम्म प्रवेश गराउने र अपराह्न ३ बजे सबैको एकै स्वरमा बुद्धका तीन वचन वाचन गरी रेकर्ड राखिने भएको छ। टुँडिखेलमा १० हजार सिट उच्च व्यत्तित्वका लागि व्यवस्था गर्ने गरी अनलाइन र मेनुयलमार्फत सहभागीलाई दर्ता गर्ने व्यवस्था गरेको आयोजकले जनाएको छ।

पिता शुद्धोदन र माता मायादेवीको कोखबाट इसापूर्व ५६३ मा गौतम बुद्धको लुम्बिनीमा जन्म भएको थियो।आजको अन्नपुर्णपोष्टमा यस्तो खवर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);