आज पनि विसर्जन गर्न दिएनन् बञ्चरेडाँडावासीले काठमाडौंको फोहोर | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

आज पनि विसर्जन गर्न दिएनन् बञ्चरेडाँडावासीले काठमाडौंको फोहोर

काठमाडौं, २ साउन । बञ्चरेडाँडावासीले आज पनि काठमाडौंको फोहोर विसर्जन गर्न दिएनन् । काठमाडौं उपत्याकाका १८ वटा नगरपालिकाको फोहोर बिसर्जनमा आज पनि स्थानीयले अवरोध गरेका हुन् । उनीहरुले जग्गा अधिग्रहणको माग गर्दै सडक अबरुद्ध पारिरहेका छन् । स्थानीयहरुको १८ वटा माग पुरा गरिसकेको भन्दै महानगरले भने यो माग चाँही पुरा गर्न नसक्ने बताउँदै आएको छ ।

सरकारले व्यवस्थापनमा चासो नदिएको र काठमाडौं महानगरपालिकासहितका स्थानीय तहले अव्यवस्थित तवरले फोहोर फालेको भन्दै नुवाकोटको ककनी गाउँपालिकावासी र धादिङ धुनीबेसी १ नम्बर वडावासी आन्दोलित भएका हुन् ।
उनीहरुले ककनी गाउँपालिका र धुनीबेसीको सीमानामा अवरोध गर्दै सोमबारदेखि फोहोर विसर्जनमा रोक लगाएका छन्।

अवरोधपछि काठमाडौंबाट फोहोर बोकेर गएका कन्टेनरबीच बाटामै रोकिन बाध्य भएका छन् । ककनी–३, ५ र धुनीबेसी–१ का स्थानीयहरु विरोध प्रदर्शनमा उत्रिएका हुन् । प्रदर्शनलाई मध्यनजर गर्दै सुरक्षाकर्मीको उपस्थिति पनि बाक्लो बनाइएको छ।
स्थानीयबासीको आन्दोलनमा ऐक्यबद्धता जनाउन जनप्रतिनिधिहरू पनि सडकमा आएको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);