काँग्रेस केन्द्रिय समिति बैठकका लागि १० एजेण्डा तय | ईमाउण्टेन समाचार

Our Network

भदौ २४ २०८१, सोमबार

काँग्रेस केन्द्रिय समिति बैठकका लागि १० एजेण्डा तय

काठमाडौं । नेपाली काँग्रेस पार्टीले मंगलवारदेखि बस्ने केन्द्रिय कार्य समितिको बैठकका लागि दश वटा एजेण्डा तय गरेको छ ।

सोमवार पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले केन्द्रिय कार्य समिति बैठकका लागि दश वटा एजेण्डा तय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री विश्वप्रकाश शर्माले दशवटा एजेण्डा तय गरिएको जानकारी दिनुभयो ।

उहाँले पहिलो एजेण्डाको रुपमा समसामयिक विषय रहने र त्यसभित्र राजनीतिक, आर्थिक, सामाजिक, परराष्ट्र र सुशासनसँग सम्बन्धित विषयहरुमा छलफल हुने बताउनु भयो , त्यसैगरी सांगठनिक कार्ययोजना र कार्यतालिका प्रश्तुत हुने उहाँले जानकारी दिनुभयो । उहाँले कार्यसम्पादन समितिले गरेका निर्णयहरु अनुमोदनको प्रस्ताव, निर्वाचन परिचालन समितिको प्रतिवेदन पेश र पार्टीको नीति अधिवेशनसँग सम्बन्धित खाका पनि प्रश्तावित हुने उल्लेख गर्नुभयो । केन्द्रिय कार्य समिति बैठकमा विभाग गठनको प्रश्ताव, पार्टीले सञ्चालन गर्ने राष्ट्रवादी अभियानको खाका प्रश्तुत, अनुशासन समितिको प्रतिवेदन पेश गर्ने एजेण्डा पनि रहेको छ ।

अरु एजेण्डाहरुमा पार्टीले प्रतिनिधि सभामा खेलेको भुमिकाको सन्दर्भमा संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बैठकमा जानकारी गराउने र उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकारको गतिविधिहरुको सम्बन्धमा बैठकलाई जानकारी गराउने रहेको छ ।

उहाँले बैठकको प्रत्यक्ष प्रशारण गर्ने सम्बन्धमा पनि छलफल भइरहेको बताउनु भयो । काँग्रेस केन्द्रिय कार्यसमिति बैठक भोलि(मंगलवार) दिउँसो १ बजे पार्टी केन्द्रिय कार्यालय सानेपामा बस्नेगरी बोलाइएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);