जनताले साथ दिए राजा र हिन्दुराष्ट्र स्थापना सम्भव छः राजेन्द्र लिङदेन | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

जनताले साथ दिए राजा र हिन्दुराष्ट्र स्थापना सम्भव छः राजेन्द्र लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले हिन्दु राष्ट्रको मुद्दा उठाउनु स्वार्थ र सत्तासँग केन्द्रित विषय नभएको बताउनुभएको छ ।

नेपाल सनातन धर्म, संस्कृति, संगठनद्वारा आयोजित सनातन हिन्दु राष्ट्रको लागि पदयात्रा कार्यक्रममा सहभागी हुनुभएका अध्यक्ष लिङदेनले यस्तो बताउनुभएको हो । उहाँले हिन्दु राष्ट्रको मुद्दा बहुसंख्यक नेपालीहरुले उठाएको मुद्दा भएकाले उनीहरुलाई बुझाउनका लागि पदयात्रा गरेको बताउनु भयो ।

उहाँले राप्रपाले सनाधन, धर्म, संस्कृतिको रक्षार्थ जनचेतना जगाउने र हिन्दु राष्ट्र अभियान सञ्चालनका लागि जनचेतना फैलाउने उद्देश्यले पदयात्रा कार्यक्रम गरेकाले आगामी दिनमा थप कार्यक्रम गर्दै जाने बताउनु भयो । उहाँले शान्तिपूर्ण बाटोबाट हामी नेपालमा हिन्दुराष्ट्र पुनः स्थापना आफूले चाहेको बताउनु भयो । उहाँले विगतमा भावावेश र विदेशीको दबाबमा आएर हिन्दु राष्ट्र हटाइएपनि अब सच्चिन राजनीतिक दलहरुलाई आग्रह गर्नुभयो । राजतन्त्र फर्किने कुरा जनतामा निर्भर हुने भएकाले जनता राप्रपाको मुद्दामा समर्थन गरिरहेको बताउनु भयो ।

पदयात्रा कार्यक्रममा बोल्दै राप्रपा सांसद दीपकबहादुर सिंहले पदयात्रामा राप्रपाको हलोमा भोट दिनुस् भनेर नमागेको भन्दै आफूले हरहर महादेव भनेर आएको बताउनु भयो । उहाँले अर्को चुनावमा ७० सिट ल्याउने बताउनु भयो । उहाँले २४ बुँदे समझदारी गरेर सरकारमा राप्रपा सहभागी भएपनि प्रधानमन्त्री पुष्पकमल दाहाललाई दौरा सुरुवालमा राप्रपाले लगाएर हिँड्न बाध्य भएको बताउनु भयो । उहाँले प्रधानमन्त्रीले भ्रष्टाचारीलाई कारबाही गर्न आनाकानी गरेपछि सरकार छोडेको बताउनु भयो ।

सांसद सिंहले प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारमा कुनैपनि हालतमा राप्रपा सहभागी नबन्ने दाबी गर्नुभयो । राप्रपाले मैतीदेवीदेखि पशुपतिनाथसम्म पदयात्रा गरेको हो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);