बैंकिङ कसुर बढ्दै, लुम्बिनी प्रदेशका पूर्व कृषिमन्त्री पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

बैंकिङ कसुर बढ्दै, लुम्बिनी प्रदेशका पूर्व कृषिमन्त्री पक्राउ

काठमाडौं, १ साउन । लुम्बिनी प्रदेशका पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजयबहादर यादव पक्राउ परेका छन् । बैंकिङ कसुर गरेको आरोपमा यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

यादवले गत माघ १० गते रुपन्देही गाउँपालिका–१ का उमाशंकर यादवका नाममा दिएको १२ लाख २८ हजार रुपैयाँ बैंक अफ काठमाडौंको चेक बाउन्स भएपछि उनी पक्राउ परेका हुन् ।

नेकपा एमाले नेता समेत रहेका यादवलाई होलियाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनी २०७४ सालमा लुम्बिनी प्रदेशसभामा बाँकेको प्रदेशसभा निर्वाचन–२ (क) बाट जसपाबाट निर्वाचित भएका थिए । जसपाले कारबाही गरेपछि उनी एमाले प्रवेश गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);