एजेन्सी, ३१ असार । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु शनिबार साँझ अस्पताल भर्ना भएका छन् । ‘टाइम्स अफ इजरायल’को रिपोर्टका अनुसार उनलाई छाती दुखेपछि अस्पताल भर्ना गरिएको हो ।
रिपोर्टमा भनिएको छ कि नेतन्याहु अस्पताल लैजाँदा होशमा थिए । हाल उनको अवस्था सामान्य रहेको चिकित्सकहरुले बताएका छन् । यसअघि ५ अक्टोबर २०२२ मा पनि स्वास्थ्य बिग्रिएपछि उनलाई अस्पताल लगिएको थियो ।
प्रधानमन्त्री कार्यालयका अनुसार नेतान्याहु अस्वस्थ महसुस गर्दै थिए र त्यसपछि उनको तेल हासोमेरको शेबा अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो।
७३ वर्षीय बेन्जामिन नेतान्याहु सन् २०२२ को डिसेम्बरमा छैटौं पटक इजरायलको प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । उनी देशमा ‘बीबी’ भनेर चिनिन्छिन् ।
‘टाइम्स अफ इजरायल’का अनुसार नेतान्याहुको नेतृत्वमा ६ दलको यो गठबन्धन सरकार देशको इतिहासमा सबैभन्दा कट्टरपन्थी सरकार हो ।