एनभिए महिला तथा पुरुष क्लव भलिबलः पुलिसलाई उपाधि | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

एनभिए महिला तथा पुरुष क्लव भलिबलः पुलिसलाई उपाधि

काठमाडौं । नेपाल पुलिस क्लवले शनिवार सम्पन्न सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष क्लव भलिबल लिगमा दुई उपाधि उचाल्ने अवसर गुमाएको छ ।

नेपाल भलिबल संघको आयोजनामा सम्पन्न लिगमा पुलिसको महिला र पुरुष दुवै टोली फाइनलमा पुगेको थियो । यद्यपि, राष्ट्रिय खेलकुद परिषद्(राखेप) को कभर्डहलमा शनिवार सम्पन्न पुरुषतर्पmको फाइनलमा पुलिस फाइनलमा हेल्प नेपाल क्लवसँग ३–१ ले पराजित हुन पुग्यो । पुलिसको महिला टोलीले भने विभागीय प्रतिद्वन्द्वी सशस्त्र प्रहरी बलको एपिएफ क्लवलाई ३–१ को सेटमा हराउँदै लगातार दुई उपाधि जित्यो ।

यसै महिनाको शुरुवातमा इटहरीमा सम्पन्न मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता पनि पुलिसले एपिएफलाई हराउँदै उपाधि जितेको थियो । शनिवार क्लव भलिबल लिगको फाइनलमा पनि पुलिसले एपिएफलाई निराश बन्न बाध्य बनायो । पुलिस लिगमा पाँचै खेल जित्दै फाइनलमा पुगेको थियो । पुलिसले जुन अपराजित यात्रा फाइनलमा कायम राख्यो । पहिलो सेट २५–१२ ले सहजै आफ्नो बनाउँदै पुलिसले उच्च आत्मबल बटुल्यो ।

यद्यपि, एपिएफले दोस्रो सेट आफ्नो पक्षमा पार्दै पुनरागमनको संकेत ग¥यो । उक्त सेट एपिएफले २५–२१ ले जित्यो । तेस्रो सेटको खेल निकै रोमाञ्चक बन्यो । उक्त सेटमा एपिएफले २१–१८ को अग्रता जोगाउन सकेन । अन्तिम समयमा आत्मबल गुमाएपछि एपिएफले उक्त सेट २५–२३ ले गुमाउन पुग्यो । चौथो सेट पनि पुलिसले २५–१९ ले सहजै आफ्नो पक्षमा पार्दै लगातार दोस्रो उपाधि जित्यो । उपाधिसँगै पुलिसले ६ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्दा एपिएफले तीन लाख रुपैयाँमा चित्त बुझायो ।

तेस्रो स्थानमा रहेको होङवान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबले नगद एक लाख ५० हजार र चौथो स्थानको त्रिभुवन आर्मी क्लवले नगद ७५ हजार प्राप्त ग¥यो । पुरुषतर्पm पनि हेल्प नेपालले आफ्नो अविजित यात्रा कायम राख्दै उपाधि उचाल्यो । हेल्प नेपालले पहिलो सेट २५–१९ ले आनो पक्षमा पा¥यो । दोस्रो सेट भने पुलिसले २५–११ ले जित्दै खेलमा फर्कने प्रयास ग¥यो । यद्यपि, हेल्प नेपालले तेस्रो र चौथो सेट २५–१८ र २५–१८ ले आफ्नो पक्षमा पार्दै उपाधि उचाल्दै ६ लाख रुपैयाँ प्राप्त ग¥यो ।

उपविजेता पुलिसले नगद तीन लाख र ट्रफी प्राप्त ग¥यो । तेस्रो स्थानको आर्मीले नगद एक लाख ५० हजार प्राप्त ग¥यो । चौथो भएको एपिएफले नगद ७५ हजार प्राप्त ग¥यो । लिगमा महिलातर्पm पुलिसकी पुनम चन्द र पुरुषमा हेल्प नेपालका अइमल खान सर्वोत्कृष्ट खेलाडी घोषित भए । सर्वोत्कृष्ट दुवैले जनही ३५ हजार रुपैयाँ पाए । विधागत उत्कृष्टतर्पm लिबेरोमा पुलिसकी शान्तिकला तामाङ, सेटरमा पुलिसकै कमला पुन, स्पाइकरमा पुलिसकी उषा भण्डारी, प्रशिक्षकमा रूपेश बिष्ट र उदीयमान खेलाडीमा सुमित्रा रेग्मी चयन भए ।

एपिएफकी सरस्वती चौधरी उत्कृष्ट सर्भर र आर्मीकी संगम महतो उत्कृष्ट ब्लकर घोषित भए । पुरुषमा हेल्प नेपालका टोप हादुर थापा उत्कृष्ट लिबेरो, अद्नान खान उत्कृष्ट सेटर, मजहर अली उत्कृष्ट स्पाइकर र उत्सव खड्का उत्कृष्ट प्रशिक्षक घोषित भए । उत्कृष्ट सर्भरमा एपिएफका हेमन्त मल्ल, उत्कृष्ट ब्लकरमा आर्मीका दुर्गाबहादुर खड्का र उदीयमान खेलाडीमा नेपाल पुलिसका रविन चन्द घोषित भए ।

विधागत उत्कृष्टले जनही नगद १५ हजार र उदीयमान खेलाडीले जनही १० हजार रुपैयाँ पाए । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्(राखेप)का सदस्यसचिव टंकलाल घिसिङलगायतले पुरस्कार वितरण गरेका थिए ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);