राप्रपामा अब काम नगरी नेता हुन पाइदैन्ः राजेन्द्र लिङदेन | ईमाउण्टेन समाचार

Our Network

असार २३ २०८१, शनिबार

राप्रपामा अब काम नगरी नेता हुन पाइदैन्ः राजेन्द्र लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले विद्युतीय माध्यमबाटै साधारण, सक्रिय सदस्य बन्न साथै आर्थिक सहयोग गर्नसक्ने व्यवस्था मिलाएको छ ।

बिहीवार पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले यस्तो बताउनुभएको हो । उहाँले पार्टीले राप्रपामा अब काम नगरी नेता हुन नपाइने व्यवस्था गरिएको बताउनु भयो ।

उहाँले तोकिएका भुगोलको जिम्मेवारीमा नजाने नेता स्वतः पदीय जिम्मेवारीबाट मुक्त हुने, एक वर्ष भित्रमा सक्रिय सदस्यको संख्या दुई लाख पु¥याउने, ६ महिनाभित्र १६५ निर्वाचन क्षेत्रसम्म प्रशिक्षण कार्यक्रम सम्पन्न गर्ने, ६ महिनापछि भुगोलको जिम्मेवारी हेरफेर हुने, भुगोल केन्द्रित जिम्मेवारीमा रहेका नेताले आफ्नो दैनिक क्रियाकलाप विद्युतीय माध्यमबाट सचिवालयमा नियमित रुपमा पेस गर्नुपर्ने व्यवस्था लागू गरेको बताउनु भयो ।

उहाँले जिम्मेवारीमा रहेका सबैका लागि एकबाट तीन सदस्यता अभियान सञ्चालन गर्ने, ६ महिनाभित्र पार्टीका सबै तहमा ३३ प्रतिशत महिलाको संख्या सुनिश्चित गर्ने, पार्टीको सबै तहमा ४० वर्ष सम्मका युवाहरुको अनिवार्य सहभागिताको व्यवस्था मिलाउन केन्द्रिय कार्यसमितिमा ४० तथा कार्यसम्पादन समितिमा कम्तिमा ७ जना विभिन्न प्रक्रियाबाट अनिवार्य प्रतिनिधित्व गराइने, आगामी दिनमा विभिन्न तहमा उम्मेदवार बनाउँदा ५० प्रतिशत प्राइमरी छनोट प्रक्रिया अपनाउने निर्णय भएको पनि बताउनु भयो ।

अध्यक्ष लिङदेनले बिहीवार नविन राप्रपा कार्ययोजना सार्वजनिक कार्यक्रम २०८० अन्तर्गत भ्रष्टाचार र भ्रष्टाचारका बिरुद्ध पार्टीको अवधारणालाई प्राथमिकताका साथ राख्ने, राजसंस्था, हिन्दुराष्ट्र र संघीयतासम्बन्धी पार्टीको अवधारणालाई जनतासमक्ष पु¥याउने, पार्टी प्रवेश तथा छोराछोरी पुस्तालाई राप््रपामा जोड्ने विशेष अभियान सञ्चालन गर्ने निर्णय केन्द्रिय कार्यसमितिको बैठकले गरेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);