काठमाडौं । अभिनेता भुवन केसीले साम्राज्ञी शाहविरुद्ध दिएको गाली बेइज्जती मुद्दामा काठमाडौं जिल्ला अदालतले केसीको दाबी नपुग्ने फैसला गरेको छ ।
अभिनेत्री साम्राज्ञी शाहविरुद्धको मुद्दा अभिनेता भुवन केसीले हारेका हुन् । केसीले २०७७ साउन ९ गते साम्राज्ञी शाहविरुद्ध दिएको गाली बेइज्जती मुद्दामा काठमाडौं जिल्ला अदालतले केसीको दाबी नपुग्ने फैसला गरेको हो ।
बुधबार न्यायाधीश वासुदेव पौडेलको इजलासमा सुनुवाई भएको थियो ।
तीन वर्षअघि भुवन र साम्राज्ञीबीच सामाजिक सञ्जाल र सञ्जार माध्यममा आरोप प्रत्यारोप चलेको थियो ।