प्रत्येक प्रदेशमा कलेक्सन सेन्टर र कोल्ड स्टोर हुनुपर्ने माग | ईमाउण्टेन समाचार

Our Network

माघ २२ २०८१, मंगलबार

प्रत्येक प्रदेशमा कलेक्सन सेन्टर र कोल्ड स्टोर हुनुपर्ने माग

काठमाडौं, २७ पुष । साना तथा मझौला व्यवसायी महासंघले उत्पादित वस्तुको बजार व्यवस्थापनका लागि काठमाडौंसहित प्रत्येक प्रदेशमा कलेक्सन सेन्टर र कोल्ड स्टोरको व्यवस्था गर्न माग गरेको छ ।

आर्थिक पत्रकार समाज सेजन र महासंघले विहिबार राजधानीमा गरेको कार्यक्रममा महासंघका उपाध्यक्ष दीपकप्रसाद आचार्यले साना तथा मझौला उद्योगबाट उत्पादित वस्तुको बजार विस्तारका लागि प्रत्येक प्रदेशमा एक–एक वटा कलेक्सन सेन्टर र कोल्ड स्टोरको व्यवस्था गर्न माग गरेका छन् ।

फलफुल, कृषिजन्य तथा दुग्धजन्य उत्पादनका लागि नजिकै कोल्ड स्टोर हुनु अत्यन्तै आवश्यक रहेको भन्दै उनले तत्काल त्यसको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

मुलुकको अर्थतन्त्रमा साना तथा मझौला व्यवसायको भूमिका पनि उत्तिकै रहेको भन्दै महासंघले उच्चस्तरीय औद्योगिक बोर्डमा आमन्त्रितको रुपमामात्रै नभई स्थायी रुपमा सदस्य बनाईनुपर्ने माग गर्दै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);