काठमाडौं, २७ असार । आज बिहान निधन भएकी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको आजै अन्त्येष्टि गरिने भएको छ ।
सीता दाहालको बुधबार बिहान ८ः३३ बजे उपचारका क्रममा काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको थियो।
आज बिहान एक्कासी शरीरमा अक्सिजनको मात्रा घटेपछि ८ बजे बिहान नर्भिक पुुर्याइएको थियो ।
दाहालको पार्थिव शरीर बिहान ११ बजेदेखि पार्टी कार्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि पशुपति आर्यघाटमा दिउँसो अन्त्येष्टि गरिने स्रोतले जनाएको जनाएको छ ।