काठमाडौँ, २७ असार । सङ्घीय संसद् अन्तर्गतको राष्ट्रिय सभा बैठक आज पनि बस्ने भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बिहान ११ः०१ बजे बैैठक बोलाइएको हो । आजको बैठकमा विनियोजन विधेयक २०८० निणयार्थ प्रस्तुत गरिनेछ ।
त्यसअघि आजको बैठकमा विनियोजन विधेयक माथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यक्रम तय भएको छ भने आजै खर्च कटौती सम्बन्धी प्रस्तावलाई बैठकमा निर्णयार्थ प्रस्तुत गरिने कार्यतालिका तय भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अनुसार अर्थमन्त्री प्रकाशशरण महतले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८० लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।