पत्रकारहरुलाई हवाई तथा मौसम सम्बन्धी तालिम | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

पत्रकारहरुलाई हवाई तथा मौसम सम्बन्धी तालिम

काठमाडौं । मिडिया एकेडेमी नेपालको आयोजनामा आइतबारदेखि सञ्चारकर्मीहरुलाई हवाई तथा मौसम सम्बन्धी तालिम कार्यक्रम सुरु भएको छ ।

काठमाडौंको बबरमहल स्थित क्रिस्टल पार्टी प्यालेसमा जारी कार्यक्रममा ६० भन्दा बढी सञ्चारकर्मीहरूको सहभागीता हुने गरेको मिडिया एकेडेमी नेपालले जनाएको छ ।

हवाई तथा मौसमका विषयमा पत्रकारहरूमा देखिएको अस्पष्टतालाई मध्यनजर गर्दै तालिकको आयोजना गरिएको मिडिया एकेडेमी नेपालका निर्देशक डम्बर शाहुले जानकारी दिनुभयो ।

कार्यक्रमको पहिलो दिन जहाजको उद विकासका बारेमा नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक सञ्जय कुमारले प्रशिक्षण गर्नुभएको थियो ।

त्यस्तै कार्यक्रमको दोस्रो दिन पाइलट विनोद पुरिले जहाजको बनावट र विशेषताबारे प्रशिक्षण गर्नुभएको थियो । सोहीदिनको दोस्रो सत्रमा नागरिक उड्डयन प्राधिकरणका सेफ्टि शाखा प्रमुख राजु श्रेष्ठले जहाजको सुरक्षाबारे प्रशिक्षण गर्नुभएको थियो ।

कार्यक्रमको तेस्रो दिन मंगलबार हवाई क्षेत्रका विज्ञ मेहेन्द्र कुमार श्रेष्ठले जहाजलाई कसरी सुरक्षित राख्ने र के के कारणले जहाज दुर्घटना हुन्छ भन्ने शीर्षकमा प्रशिक्षण गर्नुभएको छ । यसैगरि दोस्रो सत्रमा उड्डयन प्राधिकरणका उपनिर्देशक सञ्जय कुमारले जहाजको राष्ट्रिय अन्तर्राष्ट्रिय नियमन संस्थाहरूको विषयमा प्रशिक्षण गर्नुभएको छ ।

मिडिया एकेडेमी नेपालले मिडिया सम्बन्धी विभिन्न कार्यशाला, गोष्ठी, प्रदर्शनी र खोज अनुसन्धानका कामहरू गर्दै आइरहेको छ । सोहिअनुरुप मिडिया एकेडेमी नेपालले बिट पत्रकारिताबारे तालिम पनि सुचारु गरेको हो ।

नागरिक उड्डयन प्राधिकरण, प्रेस काउन्सिल नेपाल र वायु सेवा सञ्चालक संघको सहकार्यमा मिडिया एकेडेमी नेपालले आयोजना गरेको तालिम थप ४ दिन सञ्चालन हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);