तीन दलको सहमतिः प्रधानमन्त्रीले कमजोरी स्वीकार्ने, एमालेले संसद अवरोध नगर्ने | ईमाउण्टेन समाचार

Our Network

मंसिर २ २०८१, आइतबार

तीन दलको सहमतिः प्रधानमन्त्रीले कमजोरी स्वीकार्ने, एमालेले संसद अवरोध नगर्ने

काठमाडौं । संसदमा प्रधानमन्त्री पुष्पकमल दाहालले कमजोरी स्वीकार गरी संसदलाई सम्बोधन गर्नेगरी शीर्ष तीन राजनीतिक दलका नेताहरुको बैठक सकिएको छ ।

सिंहदरबारमा बसेको नेपाली काँग्रेस, नेकपा एमाले र प्रधानमन्त्री पुष्पकमल दाहाल बीचको बैठकले प्रधानमन्त्रीलाई दाहाललाई पुस्तक विमोचनका क्रममा दिएको अभिव्यक्तिबारे स्पष्ट पार्न दिनेगरी बैठक सकिएको हो । बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहालबीच बैठक बसेको थियो ।

बैठकमा प्रधानमन्त्री दाहालले आफ्नो पुस्तक विमोचनका क्रममा दिएको अभिव्यक्तिका बारेमा स्पष्ट पार्ने सहमति भएको बताइएको छ । प्रधानमन्त्रीले कमजोरी स्वीकार्ने र एमालेले संसद अवरोध नगर्ने सहमति जुटेको बताइएको छ । प्रतिनिधि सभाको बैठक ३ बजेबाट शुरु हुँने भइएको छ । यद्दपी बैठक अहिलेसम्म सुरु हुन सकेको छैन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);