हिउँदे अधिवेशन नयाँ संसद भवनबाटै शुरु गर्नेगरी निर्माण कार्य अघि बढाउन प्रधानमन्त्रीको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

मंसिर २ २०८१, आइतबार

हिउँदे अधिवेशन नयाँ संसद भवनबाटै शुरु गर्नेगरी निर्माण कार्य अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले हिउँदे अधिवेशन नयाँ भवनबाटै सञ्चालन गर्नेगरी नयाँ संसद भवन निर्माण कार्य अघि बढाउन निर्देशन दिनुभएको छ ।

सोमवार निर्माणाधिन संसद भवनको अवलोकन गर्दै प्रधानमन्त्री दाहालले सकेसम्म हिउँदे अधिवेशन नयाँ संसद भवनबाट नै गर्नेगरी निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिनुभएको हो । सिंहदरबारस्थित संघीय संसद भवनको निर्माण कार्यलाई युद्धस्तरमा अगाडी बढाउनसने हिउँदे अधिवेशनदेखि नयाँ संसद भवनबाटै संसदीय गतिविधि अघि बढाउन आग्रह गर्नुभयो ।

उहाँले संसदको हिउँदे अधिवेशन नयाँ भवनबाटै गर्न सकियोस् भन्ने सरकारको लक्ष्य रहेको भन्दै सोही अनुरुप कामको गति बढाउनुपर्ने बताउनु भयो । उहाँले संसद भवन आधुनिक र सुविधा सम्पन्न बन्नु देशको गौरवको कुरा भएको बताउनु भयो । भवन निर्माणमा कुनै पनि गलत कुरामा सम्झौता नगर्न पनि उहाँले आग्रह गर्नुभयो । उहाँले भवन निर्माणका क्रममा आइपर्ने समस्याहरुको समाधान गर्न सरकारको सहयोग हुने बताउनु भयो ।

त्यसैगरी, शहरी बिकास मन्त्री सिता गुरुङलेले भवन निर्माणको कामलाई चाँडै सम्पन्न गर्नका लागि श्रमिकहरुको संख्या बढाउन निर्माण व्यवसायीहरुलाई आग्रह गर्नुभयो । उहाँले श्रमिकको संख्या बढाउन आफुले पटक–पटक आग्रह गरेको भन्दै अब भने बढ्नेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले कहीँ कतै नितिगत अप्ठ्यारो परेको खण्डमा गाँठो फुकाउनका लागि सरकार तयार रहेको बताउनु भयो ।

सरकार, निर्माण व्यवसायी र श्रमिकहरु आपसमा समन्वय गरी भवन निर्माणलाई छिटो सम्पन्न गर्नुपर्नेमा मन्त्री गुरुङले जोड दिनुभयो । सरकारको उद्देश्य पूरा हुनेगरी काम गर्न उहाँले निर्माण व्यवसायीहरुलाई निर्देशन समेत दिनुभयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);