सन्दीप क्षेत्रीको चौतर्फी आलोचना, होला त कारबाही ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८३, बिहीबार

सन्दीप क्षेत्रीको चौतर्फी आलोचना, होला त कारबाही !

काठमाडौं,२५ असार । हास्यकलाकार सन्दीप क्षेत्रीको चौतर्फी आलोचना भइरहेको छ । कार्यक्रम प्रस्तोता क्षेत्रीले कान्तिपुर टेलिभिजनबाट प्रसारण भएको कार्यक्रम ‘वाट्स द फ्लप’ मा अभिनेता पल शाहलाई उनले अतिथिको रुपमा बोलाएका थिए । सोही क्रममा सन्दीपले बलात्कारको विषयलाई मजाक बनाएको भन्दै उनको आलोचना भएको हो ।

सन्दीपले पललाई कारागारको अनुभव सोधिरहेका थिए । पलले आफ्नो जेल बस्दाको अनुभव सुनाइरहँदा सन्दीप भने मरिमरी हासिरहेका देखिन्छन् । बलात्कार जस्तो संवेदनशील विषयलाई राष्ट्रिय टेलिभिजनमा मजाकको विषय बनाइरहेकोमा केही व्यक्तिहरुले सामाजिक सञ्जालमा आपक्ति जनाएका छन् ।

चौतर्फी आलोचना बढेपछि कान्तिपुरका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहीयाले सो घटनालाई गम्भिर रुपमा लिएको र आवश्यक कारबाही गरिने पनि ट्विट मार्फत जनाएका छन् । अमृता लम्सालले सामाजिक सञ्जाल ट्वीटरमा लेखेकी छिन् ‘पल शाह र सन्दीपको घिनलाग्दो दृश्य नाबालिग बलात्कार घटनामा मजाक,’

 

Leave a Reply