भारतले धौलीगंगाको बाँध खोल्दै,नेपालमा सतर्क रहन आग्रह | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

भारतले धौलीगंगाको बाँध खोल्दै,नेपालमा सतर्क रहन आग्रह

काठमाडौं, २५ असार । भारतले नेपालको दार्चुलासँग जोडिएको धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोल्ने भएको छ ।  बाँध खोलिने भएपछि दार्चुला प्रशासनले महाकाली नदी किनारका बासिन्दालाई पूर्व सतर्कता अपनाउन एक सूचना जारी गरेको छ ।

दार्चुलाले असार २६ गते बिहानदेखि बेलुका ८ बजेसम्म र त्यसपछि पनि सतर्कता अपनाउन आग्रह गरेको हो ।

भारतको एनएचपीसी लिमिटेड र धौलागंगा पावर स्टेशनले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई सिल्ट सफाइका लागि बाँध खोल्नेबारे पत्राचर गरेर जानकारी दिएको हो ।

धौलागंगाको बाँध खोल्दा दार्चुला,बैतडी,डडेलधुरा,कञ्चनपुर भएर भारततीर बग्ने महाकाली नदीको जलस्तर बढ्दछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);