पर्सामा भएको आगलागीमा २१ घर गोठ जले | ईमाउण्टेन समाचार

Our Network

मंसिर ३ २०८१, सोमबार

पर्सामा भएको आगलागीमा २१ घर गोठ जले

सत्यराज घिमिरे,१३ बैशाख,पर्सा ।
पर्साको वीरगंज उपमहानगरपालिका वडा नम्बर २१ पटेलनगरमा आगलागिमा परी २१ घर गोठ पुर्ण रुपमा जलेर नष्ट भएको छ । लामखुट्टे धपाउनका लागि स्थानिय जादवलाल राउतले बालेको घुरबाट सल्केको आगोको कारण उक्त आगलागि भएको स्थानियले बताएका छन् । दिउसो साढे १२ बजेबाट शुरु भएको आगलागिमा परी स्थानिय

पर्सामा भएको आगलागीमा २१ घर गोठ जले

सत्यराज घिमिरे,१३ बैशाख,पर्सा । पर्साको वीरगंज उपमहानगरपालिका वडा नम्बर २१ पटेलनगरमा आगलागिमा परी २१ घर गोठ पुर्ण रुपमा जलेर नष्ट भएको छ । लामखुट्टे धपाउनका लागि स्थानिय जादवलाल राउतले बालेको घुरबाट सल्केको आगोको कारण उक्त आगलागि भएको स्थानियले बताएका छन् । दिउसो साढे १२ बजेबाट शुरु भएको आगलागिमा परी स्थानिय जतन राउत कुर्मी, धर्मदेव राउत कुर्मी, हृदयनारायण राउत कुर्मी, केदार राउत कुर्मी, जितेन्द्र राउत कुर्मी, सोनालाल राउत कुर्मी, पानालाल राउत कुर्मी र श्रवण राउत कुर्मी लगाएतको घर जलेर नष्ट भएको हो ।

 

जादवलालको घरमा रहेको नगद रु दुई लाख पनि जलेर नष्ट भएको छ । आगलागिमा परी स्थानियको धान, गहु, मकै, भाडाबर्तन र लत्ताकपडा समेत जलेर नष्ट भएको छ भने क्षतिको एकिन विवरण आईनसकेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक चक्रराज जोशीले बताउनुभयो । आगो नियन्त्रणका लागि वीरगंज उपमहानगरपालिकाको दुई, नेपाल आयल निगम अमलेखगञ्ज बाराको एक गरी तीन वटा बारुणयन्त्र खटिएको थियो । साथै नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानिय वासीको सहयोगमा करीब डेढ घण्टापछि आगो नियन्त्रणमा लिईएको प्रहरी नायब निपरीक्षक जोशीले बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);