प्रचण्डका ज्वाइँ आचार्य मन्त्री बन्दै | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

प्रचण्डका ज्वाइँ आचार्य मन्त्री बन्दै

काठमाडौं, २४ असार । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले मन्त्रिमण्डल विस्तार गर्ने भएका छन् । माओवादी भित्रको आन्तरिक किचलोले शुक्रबार सरकारमा जान नपाएका सांसद जीवन आचार्य आर्थिक मामिलामन्त्री नियुक्त हुँदैछन् ।

आइतबार आचार्यलाई पद तथा गोपनियताको शपथ खुवाउने कार्यक्रम छ । गत शुक्रबार नेपाली कांग्रेसका तर्फबाट प्रदीप सुनुवार र एकीकृत समाजवादीबाट कमल प्रसाद जवेगु विना विभागिय मन्त्री नियुक्त भएका थिए ।

आचार्य प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका ज्वाई समेत हुन् ।

माओवादी संसदीय दलको बैठकले सांसद आचार्यलाई मन्त्री बनाउने शुक्रबार निर्णय गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);