समाजवादी मोर्चामा ६/६ महिनामा अध्यक्षता परिवर्तन गर्ने समझदारी | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

समाजवादी मोर्चामा ६/६ महिनामा अध्यक्षता परिवर्तन गर्ने समझदारी

काठमाडौं । समाजवादी मोर्चामा ६/६ महिनामा अध्यक्षता परिवर्तन गर्ने समझदारी भएको छ ।

शनिबार एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बसेको बैठकले मोर्चाको अध्यक्षता ६/६ महिनामा पालैसँग गर्ने समझदारी गरेको हो । बैठकले मोर्चाको नीति तथा कार्यक्रम र आचारसंहिता बनाउन चार सदस्यीय कार्यदल गठन गरेको छ ।

कार्यदलमा नेकपा माओवादी केन्द्रका देव गुरुङ, जनता समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठ, एकीकृत समाजवादीका प्रमेश हमाल र नेपाल कम्युनिस्ट पार्टीका खड्गबहादुर विश्वकर्मा रहनु भएको छ । कार्यदलले तयार गरेको प्रतिवेदन आगामी असार २७ गते बस्ने बैठकमा पेश हुने र पारित हुनेछ । समाजवादी मोर्चा, नेपालले सबै प्रदेशको राजधानीमा कार्यक्रम गर्ने निर्णय पनि गरेको छ । यो सबैको टुंगो आउँदो बैठकले गर्नेछ समझदारी टुंगो नहुन्जेल माधव नेपालले नै अध्यक्षता गर्नुहुनेछ ।

बैठकपछि सञ्चारकर्मीहरुको जिज्ञासामा जवाफ दिदै उपाध्यक्ष पाण्डेले एमालेले स्पष्टिकरणको मौका समेत नदिई प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गरेर गल्ती गरेको टिप्पणी गर्नु भयो । स्पष्टिकरणको मौकासमेत नदिई राजीनामा मागेर एमाले फसेको उहाँको दावी छ ।

मोर्चाको बैठक बस्न ढिलाई भएको स्विकार गर्दै त्यसलाई क्रियाशील बनाउनुपर्नेमा नेताहरुले जोड दिएको पनि नेता पाण्डेले बताउनु भयो । चार दलले ४ असारमा गठन गरेको समाजवादी मोर्चामा आवद्ध दलका प्रतिनिधिसभामा ५४ सांसद छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);