गुजरात उच्च अदालतको फैसलाले राहुल गान्धीलाई झट्का | ईमाउण्टेन समाचार

Our Network

पुष ६ २०८१, शनिबार

गुजरात उच्च अदालतको फैसलाले राहुल गान्धीलाई झट्का

काठमाडौं । गुजरात उच्च अदालतले शुक्रवार मोदी थरलाई लिएर आपराधिक मानहानि मुद्दामा कांग्रेस नेता राहुल गान्धी विरुद्ध फैसला सुनाएको छ ।

गुजरात उच्च अदालतले यस मामिलामा राहुल गान्धीको समीक्षा याचिका खारेज गरेको भारतीय संचार माध्यमहरुले जनाएका छन् । राहुल गान्धीले यस मामिलामा सूरत अदालतको आदेशबिरूद्ध पुनर्विचार गर्ने दायर गरेको निवेदन खारेज गर्दै गुजरात उच्च अदालतका न्यायाधीश हेमन्त प्रच्छकले गान्धी उनी कम्तीमा १० आपराधिक मुद्दाहरू विचाराधीन भएको बताउनु भएको छ ।

उहाँका अनुसार राहुल गान्धीविरुद्ध अरू पनि मुद्दा दायर गरिएको छ । न्यायाधीश हेमन्त प्रच्छकले राहुल गान्धीलाई दोषी ठहर गर्ने निर्णय अन्याय नभई पूर्णतया जायज रहेको बताउनु भयो । उहाँले यो आदेशमा हस्तक्षेप गर्न आवश्यक नरहेको निवेदन खारेज गरिएको उल्लेख गर्नुभयो । सन् २०१९ को चुनावी अभियानमो कर्नाटकको कोलारमा ‘सबै चोरको थर मोदी किन हुन्छ ? भन्ने राहुल गान्धीको अभिव्यक्तिपछि गुजरातका भारतिय जनता पार्टीका नेता पूर्णेश मोदीले दर्ता गरेको मुद्दाले यो रुप लिएको हो ।

मार्च २०२३ मा सुरतको अदालतले राहुल गान्धीलाई मुद्दामा दोषी ठहर ग¥यो र अधिकतम दुई वर्षको सजाय सुनायो । लोकसभा सचिवालयले नियम उद्धृत गर्दै एक नोटिस जारी ग¥यो र राहुल गान्धीलाई सांसद पदबाट पनि अयोग्य ठहर ग¥यो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);