काठमाडौं । गण्डकी प्रदेश सरकारकातर्फबाट अर्थमन्त्री जीतप्रकाश आलेले असार १ गते प्रदेश सभामा पेश गरेको आगामी वर्षको बजेट शुक्रबार बहुमतले पारित भएको छ ।
गण्डकी प्रदेश सरकारले पोहोरभन्दा डेढ अर्ब सानो ३३ अर्ब ४२ करोेड ७२ लाख रुपैयाँको बजेट बहुमतले पारित भएको हो । बजेटप्रति सत्तापक्षकै सांसदले तीव्र असन्तुष्टी जनाए भने प्रतिपक्षी दल नेकपा एमाले र राप्रपाले त २ पटकसम्म प्रदेश सभा नै अवरोध गरे ।
सरकारको नीति तथा कार्यक्रम र बजेटसँग तालमेल नभएको र सांसदको योजना काटेर कर्मचारीको योजना हालिएको, बजेटमा कर्मचारीतन्त्र हाबी भएको भन्दै सत्तापक्षकै सांसदले असन्तुष्टि जनए । विपक्षी सांसदहरुले सरकारले स्थानीय तहलाई अनुदान घटाएको, बजेटका कार्यक्रमको चुहावट भएको, बिगतका सरकारका कार्यक्रमले बजेटले संवोधन नगरेको भन्दै विरोध जनाए भने कार्यक्रम पुस्तिकामा सानो अक्षर भएको भन्दै संसद अवरुद्धसमेत गरे ।
असार ७ र ११ गते तथा शुक्रबार बजेट छलफलकै क्रममा सांसदको अभिव्यक्तिलाई लिएर एमालेले संसद अवरुद्ध ग¥यो । एमालेले अनुदानका बजेटमा पालिकाले पठाएका योजनामा प्रदेश सरकारले हेरफेर गरेकोभन्दै आपत्तिसमेत जनायो । ३३ अर्ब ४२ करोेड ७२ लाख बजेटमध्ये चालुतर्फ १२ अर्ब १३ करोड ६७ लाख अर्थात ३८ दशमलव १ प्रतिशत र पुँजीगततर्फ २० अर्ब १९ करोड अर्थात ६० दशमलव ४ प्रतिशत विनियोजन गरिएको छ ।