बिमल जैरु
डडेल्धुरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम पुर्व गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारको फाइल खोले जस्तो गरेर बन्द नगर्नु भन्दै सरकारलाई चेतावनी दिएका छन् ।
बिहीबार डडेल्धुरा सदरमुकाममा पार्टीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै सभापति लामिछानेले भ्रष्टाचारको जरो उखेल्ने आफूहरूको पहिलो काम भएको भन्दै यस्तो चेतावनी दिएका हुन् ।
लामिछानेले अहिले सरकारले भ्रष्टाचारका फाइलहरू खोल्न सुरु गरेको उल्लेख गर्दै फाइल खोलेजस्तो गरेर बन्द गर्ने काम नगर्न सरकारले नगरोस सरकारले भुटानी शरणार्थी प्रकरणका हाङ्गाबिङ्गालाई मात्रै जेल पठाएको तर जरालाई जेल पठाउन नसकेको उनको भनाइ थियो ।
‘षडयन्त्र नगर्नुहोला नेपाली जनताले ध्यान दिएर हेरेका छन । भुटानी शरणार्थी काण्डमा केही मान्छेहरू थुनिए, जनताहरू त्यो काण्डको जरोसम्म पुगेको हेर्न चाहन्छन् । सरकारले हाङ्गाबिङ्गा मात्रै काट्यो, जरालाई जेल पठाउन बाँकी नै रहेको सभापति लामिछानेले बताउनु भएको छ । जिस्काउनका लागि फाइनल खोलेजस्तो गरिएको हो भने ०८४ सम्म त जसोतसो चल्ला तर ०८४ पछि त्यो टिक्नेवाला छैन,’ रविले भने ।
उनले आफूहरू प्रतिपक्षमा रहेको भएपनि सरकारले गरेका राम्रा कामको प्रशंसा गर्न तयार रहेको पनि बताए ।