अर्कै प्रसंगका व्यक्तिगत कुरामा सदन अवरुद्ध गर्नु उचित हैन,राजीनामा कल्पना बाहिर : सचेतक पाण्डे | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८१, आइतबार

अर्कै प्रसंगका व्यक्तिगत कुरामा सदन अवरुद्ध गर्नु उचित हैन,राजीनामा कल्पना बाहिर : सचेतक पाण्डे

काठमाडौं, २१ असार । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हीतराज पाण्डेले प्रधानमन्त्रीको राजीनामा कल्पना गर्न पनि नसकिने बताउनुभएको छ । बिहीवार बिहीवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलहरुको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले दिएको अभिव्यक्तिका बारेमा संसदमा आफ्ना धारणा राख्ने र भावनात्मक विषयवस्तुलाई अर्कै प्रसंगमा बोलिएका व्यक्तिगत कुरालाई लिएर सदन अवरुद्ध गर्नु उचित नभएको बताउनु भयो । उहाँले बाहिरको विषयवस्तुलाई संसदमा ल्याएर एकैपकट प्रधानमन्त्रीको राजिनामा माग्नु नौलो कुरा भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीज्युले राजिनामा गर्नुपर्छ भन्नेकुरा आयो, त्यो त कल्पना पनि गर्न सकिँदैन । उहाँले के भन्नुभएको हो भन्नेबारेमा प्रधानमन्त्रीज्युले संसदमा आफ्ना विषयवस्तु राखिहाल्नुहुन्छ । यो एउटा भावनात्मक विषयवस्तु कतै अर्कै प्रसंगमा व्यक्तिगत कुरा त्यो पनि धेरै वर्ष पहिलाको कुरा ल्याएर जसरी गरियो, यो बेठिक कुरा हो । सदनमा प्रधानमन्त्रीले आफ्ना कुरा राख्ने, प्रधानमन्त्रीले के भन्नुभएको थियो भन्ने विषयवस्तु नआइकन एउटा कहीँ भएको विषयवस्तुलाई एकै पटक संसदमा ल्याएर राजीनामा माग्ने अनौठो कुरा भयो । यसबारेमा प्रधानमन्त्रीले बोल्ने संसदमा, प्रधानमन्त्रीले संसदमा बोल्न नपाउने भए कसले पाउने हो ।’

प्रमुख सचेतक पाण्डेले प्रधामन्त्रीले संसदमा आफ्ना कुरा राख्न नपाउने भए कसले पाउने हो ? भन्दै प्रश्न गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);