जुड्डीखोला लघुजलविद्युत आयोजनाको काम अन्तिम चरणमा | ईमाउण्टेन समाचार

Our Network

पुष ४ २०८१, बिहीबार

जुड्डीखोला लघुजलविद्युत आयोजनाको काम अन्तिम चरणमा

मदन विक, १३ बैशाख, बाजुरा ।
बाजुराको सदरमुकाम मार्तडीबाट डेढ दिनको पैदल दुरीमा रहेको पाण्डबगुफा गाउँपालिकामा निर्माण भईरहेको जुड्डीखोला लघुजलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । पाँच वर्षअघि सुरुवात गरिएको लघुजलविद्युत आयोजना अव सम्पन्न हुने भएपछि बाजुराको पाण्डवगुफावासी हषर््िात भएका छन् ।

जुड्डीखोला लघुजलविद्युत आयोजनाको काम अन्तिम चरणमा

 

 

मदन विक, १३ बैशाख, बाजुरा । बाजुराको सदरमुकाम मार्तडीबाट डेढ दिनको पैदल दुरीमा रहेको पाण्डबगुफा गाउँपालिकामा निर्माण भईरहेको जुड्डीखोला लघुजलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । पाँच वर्षअघि सुरुवात गरिएको लघुजलविद्युत आयोजना अव सम्पन्न हुने भएपछि बाजुराको पाण्डवगुफावासी हषर््िात भएका छन् । लामो समयको सुरुवातपछि विद्युतको निर्माण कार्य तिव्र गतिमा हुँदा आगामी असार महिनाको पहिलो हप्तासम्म गाँउगाँउमा विजुली झिलिमिली हुने स्थानीयमा आशा पलाएको छ । यो विद्युतबाट लाभान्वित हुने परिवारहरु आगामी दिनमा अध्याँरोबाट मुक्ति हुने भएपछि खुसी भएका छन् ।

 

जिल्ला समन्वय समिति बाजुरा त्यस क्षेत्रको गाविस र बैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रको आर्थिक सहयोगमा बन्न लागेको लघुजलविद्युत आयोजनाले २ सय किलोवाट क्षमताको बिद्युत उत्पादन गर्ने बताईएको छ । यस जलविद्युत निर्माणको लागि पाण्डबगुफा गाँउपालिका साविकको गोत्री गाविसको अनुदान र बैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रले निर्माण सुरु गर्दा पहिलो र दोस्रो पटक गरि १ करोड २९ लाख रकम उपलव्ध गराएको छ । यस विद्युतको निर्माण कार्य सम्पन्न नगर्दा सम्म पुरा रकम नपाउने भएकाले यस आयोजनाको समयमै निर्माण सम्पन्न गर्ने लक्ष्य लिएर काम अघि बढीरहेको आयोजनाका उपभोक्ता समितिका सदस्य कालीबहादुर धरालाले बताउनु भयो ।

 

लघुजलविद्युत आयोजनालाई झण्डै २ करोड लागतमा सम्पन्न गरिने बताइएको छ । यो आयोजना सम्पन्न भईसकेपछि पाण्डवगुफा गाँउपालिकाको साविकको गोत्री र जगन्नाथ गाविस त्यस्तै स्वामीकार्तिक गाउँपालिका साविकको वाई, जुकोट र साप्पाटा गाविसका २२ सय ९० घरधुरी लाभान्वित हुने भएका छन । २०७४ आषाढ मसान्त भित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेकोले बैशाख महिना भित्र पाउरहाउसमा पावर टेष्ट गरिने बैकल्पिक उर्जा केन्द्रका कार्यक्रम संयोजक तथा ईन्जिनियर किरण पौडेलले बताउनु भयो । अहिले यस विद्युतबाट लाभान्वित हुने गाँउहरुमा विजुलीका लाईनहरु विस्तार भईरहेको छन् ।

 

अहिले बाजुरा जिल्लाका ४ नगरपालिका र ५ गाउपालिकामा धमाधम जलविद्युत आयोजनाहरु निर्माण भईरहेका छन् । आगामी १० वर्ष भित्र बाजुरा जिल्लालाई अध्याँरोबाट मुक्ति गरि उज्यालो बाजुरा बनाउने गरी यस क्षेत्रका सवै गाँउपालिका र नगरपालिकाले बढीजसो रकम बिधुत निर्माणमा नै खर्च गरेका देखिन्छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);