संसद अवरोध गर्नु जिम्मेवारीपूर्ण कुरा भएनः मन्त्री बस्नेत | ईमाउण्टेन समाचार

Our Network

जेठ ९ २०८१, बुधवार

संसद अवरोध गर्नु जिम्मेवारीपूर्ण कुरा भएनः मन्त्री बस्नेत

काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्ति बस्नेतले प्रतिपक्ष दलले प्रधानमन्त्रीको अभिव्यक्तीको आशय नसोधि राजीनामा माग्नु संसदीय प्रक्रिया विपरित भएको बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री बस्नेतले प्रधानमन्त्रीले बोलेको कुराको आशय सोध्ने अधिकार संसदलाई हुने बताउनुभएको हो ।

उहाँले प्रधामन्त्रीको बोलिको आशयका बारेमा सोध्ने अधिकार हुँदाहुँदै संसद चल्न नदिनु संसदीय प्रक्रिया विपरित भएको बताउनु भयो । उहाँले संसद चल्न नदिनु जिम्मेवारीपूर्ण कुरा नभएको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री दाहालले सरदार प्रितम सिंहको सदिक्षाको सम्बन्धमा मात्रै कुरा गरेको भन्दै व्यक्तिको सदिक्षालाई राजनीतिक विषय बनाउनु जरुरी नरहेको बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);