एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा, भारतीय इसारामा प्रधानमन्त्री बनेको आरोप | ईमाउण्टेन समाचार

Our Network

फागुन १० २०८२, सोमबार

एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा, भारतीय इसारामा प्रधानमन्त्री बनेको आरोप

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गरेको छ ।

बुधबार राष्ट्रियसभा बैठक सुरु हुने वित्तिकै राष्ट्रियसभाका एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले प्रधानमन्त्री दाहालले व्यवसायी प्रितम सिंहको पुस्तक विमोचन गर्नेक्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै तत्काल राजीनामा दिन माग गर्नु भएको हो । उहाँले आफूहरुको सो माग पूरा नभई संसद बैठक चल्न नदिने अडान राख्नु भयो ।

नेता दाहालले प्रधानमन्त्री दाहालले आफू व्यवसायी सिंहको प्रयासमा भारतको इसारामा प्रधानमन्त्री बनेको अभिव्यक्ति दिएकाले भारतको इसारामा बनेको प्रधानमन्त्री आफ्नो पार्टीलाई स्विकार्य नहुने पटकपटक दोहो¥याउनु भयो

नेता दाहालले प्रधानमन्त्री दाहाल स्वयम्ले आफू भारतको इसारामा, भारतीय नागरिक सिंहको पहलमा प्रधानमन्त्री भएको अभिव्यक्ति दिनु लज्जाको विषय भएको पनि बताउनु भयो । एमालेका सांसदहरुले अवरोध गरेपछि राष्ट्रियसभा बैठक अपरान्ह ३ बजेर १ मिनेटमा बस्नेगरी स्थगित गरिएको छ ।

Leave a Reply