मधेसीको नाममा हिन्दीलाई राष्ट्रिय भाषा बनाउने षड्यन्त्र भयो, हामी रोक्छौंः अध्यक्ष आोली | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०८१, बिहीबार

मधेसीको नाममा हिन्दीलाई राष्ट्रिय भाषा बनाउने षड्यन्त्र भयो, हामी रोक्छौंः अध्यक्ष आोली

भारतलाई खुसी पार्न हिन्दीलाई राष्ट्रिय भाषा बनाउन लागिएको एमाले अध्यक्ष ओलीको आरोप, ११ जिल्लामा स्थानीय तह थप्ने निर्णय मान्य नहुने भनाई

मधेसीको नाममा हिन्दीलाई राष्ट्रिय भाषा बनाउने षड्यन्त्र भयो

प्रतिक्षा शर्मा, काठमाडौं

 नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतलाई खुसी पार्न हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउन लागिएको आरोप लगाउनुभएको छ । 

१८ औं मनमोहन स्मृति दिवसका अवसरमा बुधबार ललितपुरमा आयोजीत कार्यक्रममा अध्यक्ष ओलीले मधेसीका नाममा हिन्दी भाषालाइ राष्ट्रिय भाषा बनाउने षड्यन्त्रमा सरकार लागेको आरोप लगाउनुभयो ।

उहाँले ११ जिल्लामा जनसंख्याका आधारमा स्थानीय तह थप्ने सरकारको तयारी षड्यन्त्र पुर्वक भएको बताउनुभयो ।

उहाँले सरकारले निर्वाचन पछि सल्लाह गरेर त्यस विषयमा छलफल गर्न सकिने भने पनि एकलौटी ढंगले ११ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई चिठी लेखेर पठाएको बताउदै एमाले त्यस्तो षड्यन्त्र पुरा गर्न नदिने स्पष्ट पार्नुभयो ।

एमाले मुलुकमा हुँदाहुदै चुनाव हुन नदिने, हिमाल पहाड टुक्रयाउने दुस्साहस भइरहेको भन्दै अध्यक्ष ओलीले एमाले रहुनजेल त्यस्ता योजना सफल नहुने दावी समेत गर्नुभयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);