सरकारले नर्सहरुलाई बेलायत पठाउने तयारी थाल्यो | ईमाउण्टेन समाचार

Our Network

साउन १९ २०८१, शनिबार

सरकारले नर्सहरुलाई बेलायत पठाउने तयारी थाल्यो

nurse

काठमाडौं, १९ असार । नेपाली स्वास्थ्यकर्मी (नर्स)हरुलाई बेलायत पठाउने तयारी सरकारले थालेको छ । शुन्य लागतमा नेपाली नर्स बेलायत पठाउने दुईदेशबीच भएको सहमतिअनुसार तयारी थालिएकोे हो । नेपाल र बेलायतबीच भएको द्धिपक्षीय श्रम सम्झौता कार्यान्वयनसम्बन्धि कार्ययोजना केही दिन अघि मात्रै पारित भएको छ । त्यसपछि मात्रै सरकारले नर्स पठाउने तयारी थालेको हो ।

श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको अनुसार २ देशबीच भएको सम्झौता अनुसार बेलायत जान चाहाने नर्सहरुले आकर्षक तलब र सुविधा पाउनेछन् । कम्तीमा ३ वर्ष नर्सिङ कोर्स पिसिएल नर्सिङ वा बिएनसरहको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्छ भने आइइएलटिएसमा न्युनतम ७ अंक अनिवार्य रुपमा ल्याउनुपर्छ । त्यसमा २ वर्षको कार्यअनुभव पनि प्रोटोकलमा अनिवार्य गरिएको छ । पहिलो चरणमा १ सय जना नर्स बेलायत जान पाउनेछन् ।

वैदेशिक रोजगारका लागि सरकारी–सरकारी (जिटुजी) संयन्त्रमार्फत शून्य लागतमा नेपाली वैदेशिक रोजगारीमा पठाउन थालिएको पहिलो पटक हो ।

 

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);