कांग्रेसका उद्धव थापा मुख्यमन्त्री बन्ने सम्भावना कति ? | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

कांग्रेसका उद्धव थापा मुख्यमन्त्री बन्ने सम्भावना कति ?

काठमाडौं, १९ असार । कोशी प्रदेशमा सत्ता गठबन्धनको सहमतिको पूर्ण पालना भए नेपाली काँग्रेसका उद्धव थापा मुख्यमन्त्री बन्नेछन् । सभामुखसहितको मत परेमा सत्ता गठबन्धनको बहुमत पुग्छ । प्रदेश सभामुख नेकपा माओवादीका नेता बाबुराम गौतम छन् ।

९३ सदस्यीय प्रदेश सभामा सभामुखसहित गठबन्धनको ४७ मत हुन्छ । सभामुखले मतदान नगरे ४६ मत हुन्छ । सोमबार सत्ता गठबन्धनको बैठकले कोशी प्रदेशमा नेपाली काँग्रेसका उद्धव थापालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ । सत्ता गठबन्धनको बैठकमा सहभागी जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले काँग्रेसका उद्धव थापालाई मुख्यमन्त्रीमा सार्ने समझदारी बनेको जानकारी दिए ।

कोशी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार ढलेपछि नयाँ सरकार गठनका लागि आइतवार आव्हान भएको छ । कोशी प्रदेशमा कुनैपनि दलको एकल बहुमत छैन । नेकपा एमालेको ४०, नेपाली काँग्रेसको २९, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६, नेकपा एसको ४ र जनता समाजवादी पार्टीको १ सांसद छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);